फोक्छन् आर्दश, ताक्छन् सन्जोक,
देखाउँछन् कपट,
गुङ्गा झै बन्नु कसरी ?
नियाल्छन् गन्तव्य, आरोह, अवरोह
खियाएर देह,
डुङ्गा झै बन्नु कसरी ?
चकार, तुजुकी, बडप्पा अति,
ओक्लछन् तिक्तता,
बुङ्गा झै बन्नु कसरी ?
चेष्टा कुचल्ने, गुड्ने, कुद्ने
बनाएर सोपान
ढुङ्गा झै बन्नु कसरी ?
कमल सारू मगर
गुल्मीदरवार -२, गुल्मी