नेशनल प्याब्सन नागार्जुन नगर कमिटिको आयोजनामा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

image
शुक्रबार​, बैशाख ३ २०७८

बैशाख ३, काठमाण्डौ । नेशनल प्याब्सन नागर्जुन नगर पालिका अन्तर्गतका बिद्यालयहरू बीच प्याराडाइज इङ्ग्लिस स्कूल, नागार्जुन १ मा आज चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

नेशनल प्याब्सन नागर्जुन नगर कमिटिद्वारा आयोजित यस प्रतियोगितामा नागार्जुन नगर पालिकाका बिभिन्न बिद्यालयहरू सहभागि भएका थिए। पूर्व प्राथामिक, प्राथामिक र मा.बि. तह गरि तीन समूहका विद्यार्थीहरू समावेश भएको यस प्रतियोगितामा पूर्व प्राथामिक तहमा बेर्शेवा राष्ट्रिय मा.बि. कक्षा यू.के.जी. कि छात्रा सोनिका पुनले प्रथम, माइल-स्टोन युथ स्कूलका रिदम गिरिले द्वितिया, बिग बुद्ध एकेडेमिका निराकार श्रेष्ठले तृतिया र क ख रा मन्तेश्वरिका पायोजा पन्तले सान्त्वना स्थान हासिल गर्नुभएको थियो। त्यस्तै प्राथमिक तह अन्तर्गत कखरा मन्तेश्वरीकि प्रशंसा पन्तले प्रथम, माईल-स्टोन स्कूलकी कृतिशाले द्वितिया, बेर्शेबा स्कूलका अश्विन राईले तृतिया र ग्रिन फिल्ड स्कुलकि प्रशंसा पाठकले सान्त्वना स्थान हासिल गर्नुभएको थियो। कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरूबिचको प्रतियोगितामा माईल-स्टोनकि निमा तामाङ्गले प्रथम, ग्रिन फिल्डका सन्देश न्यौपानेले द्वितिया, ग्रिन लउन्सका नवीन न्यौपानेले तृतिया र ग्रिन लउन्सकि शिक्षा रजकले सान्त्वना स्थान हासिल गर्नुभएको थियो। विजयी बिद्यार्थीलाई पदक, शिल्ड र सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।