नेशनल प्याब्सन, काठमाण्डौको आयोजना तथा नेशनल प्याब्सन, नागार्जुनको समन्वयमा मोति जयन्तिको अवसरमा आगामी भदौ ११ र १२ गते दुई दिने कविता लेखन कार्यशाला गोष्ठी सञ्चालन हुने भएको छ ।
गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा. देवी नेपालले प्रशिक्षण गर्नुहुनेछ । प्रशिक्षणपछि छनौट गरिएका कविताहरू नेशनल प्याब्सनको कविता संग्रहमा प्रकाशित गरिनेछ । साथै, उत्कृष्ट १० जना विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ ।
नेशनल प्याब्सन, काठमाण्डौले यस शैक्षिक शत्रको सुरूवात देखिनै देशभरका सम्पूर्ण विषयगत शिक्षकहरूका लागि तालिमको आयोजना गरेको थियो । विद्यार्थीहरूका लागि पनि विभिन्न शैक्षिक कार्यक्रम अनलाईनबाट नै सञ्चालन गरेको थियो । विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभामा निखरता ल्याउन र नेपाली साहित्यमा विशेष रूचि जगाउन यस प्रकारका कार्यतक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले, विशेष यस परिवेशमा विद्यार्थीहरूको बालमनोविज्ञानलाई मध्यनजर गर्दै उक्त गोष्ठी सञ्चालन गर्न लागिएको नेशनल प्याब्सन, काठमाण्डौ जिल्ला समितिका अध्यक्ष खडक बस्नेतले जानकारी दिनुभयो । उक्त कार्यशाला गोष्ठीमा सहभागिता जनाउनको लागि काठमाडौं जिल्लाका सम्पूर्ण सदस्य विद्यालयहरूलाई नेशनल प्याब्सन नागार्जुन नगर कमिटिले हार्दिक अनुरोध गरेको छ । विद्यार्थीलाई सहभागि गराउनको लागि निम्न नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
9856048185 सचीव, नेशनल प्याब्सन, नागार्जुन तथा 9851082941 (शीवराम गिरी) अध्यक्ष, नेशनल प्याब्सन, नागार्जुन ।