कात्तिक, १ काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ८९ हजार २०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ५८८ संक्रमित थपिएका छन् ।कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ९५ हजार ९७ संक्रमितको मृत्यु भइसकेको छ ।