अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । गए राति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण क्षति हुँदा ज्यान गुमाएका एक हजार जनाभन्दा धेरैको शव भेटिएको छ ।
भूकम्पका कारण सैयौं घर तथा संरचनाहरू भत्किंदा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने हिबतुल्लाह अखुन्जादाले बताउनुभयो ।