बाराही माविद्वारा छात्रवृत्ति तथा विजयादशमीको शुभकामना आदानप्रदान सम्पन्न

image
बुधबार, आश्वीन २० २०७८

मकवानपुर, २० असोज/भिमफेदी गाउँपालिका वडा नं. ४ निवुवाटारमा अवस्थित बाराही माध्यमिक विद्यालयले छात्रवृत्ति तथा विजयादशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । बुधवार विद्यालयको प्राङ्गणमा विद्यालयमा अध्ययनरत करिब १२५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
“छात्राहरुलाई परिवारबाट पढाईको लागि खासै धेरै सहयोग नभएको कारणले गर्दा छात्राहरुलाई छात्रवृत्ति र कोही पनि पढाईबाट बञ्चित नहोस् भन्ने उद्देश्यले छात्र–छात्रा दुवैलाई छात्रवृत्ति प्रदान गरिएको”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यले बताउनुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक सोम लामाका अनुसार छात्रवृत्ति प्रदान गर्दा सबै विद्यार्थीहरुमा खुसी छाउनुको साथै विद्यार्थीहरुको पठनपाठनमा झन् रुची आउने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका कर्मचारीहरु, अभिभावकहरु, समितिका पदाधिकारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।