IEMS अध्यावधिक कार्यशाला गोष्ठी सम्पन्न

image
आइतबार​, आषाढ १९ २०७९

असार - १९, काठ्माडौं- काठ्माडौं नागार्जुन नगरपालिका, काठ्माडौं नगरपालिका अन्तर्गतका माध्यमिक तह सञ्चालन भएका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई एकिकृत शिक्षा व्यवस्थापन सूचना प्रणाली (IEMS) सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।  

कार्यशाला गोष्ठीमा करिब ६५ विद्यालयहरूको उपस्थिति रहेको थियो । गोष्ठीमा विद्यालयले प्रत्येक शैक्षिक सत्रको शुरू र अन्त्यमा भरिने तथ्याङ्क विवरण      Flash I र Flash II (EMIS) अद्यावधिका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट प्रशिक्षक सम्बेदन कोइरालाले सहजिकरण गर्नुभएको थियो । प्रशिक्षक कोइरालाले  EMIS को महत्व तथा उपयोगिताकाको विषयमा जानकारी दिनुभएको थियो । नगरपालिका अन्तर्गतका विद्यालयहरूका तथ्याङ्क विवरणको बारेमा संक्षिप्त जानकारी नागार्जुन नगर कार्यपालिकाका शिक्षा प्रमुख कृष्ण बहादुर कुंवरले दिनुभएको थियो ।

उक्त कार्यशाला गोष्ठीमा शिक्षा शाखा अधिकृत सुर्यनाथ कोईराला, भावना सुवेदी साथै वि. नि. श्रीकृष्ण रेग्मीको उपस्थिति रहेको थियो भने गोष्ठी स्वस्तिश्री गुरूकुल स्कूल, सानोभर्याङमा सञ्चालन भएको थियो ।

- सियोन मगर