कक्षा १२ को नतिजा सार्वजनिक , कति हजारको परीक्षा स्थगित ?

image
सोमबार, माघ १९ २०७७

माघ,१९ काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले कोरोना माहामारीका कारण मंसिरमा (कोरोना संक्रमितको पुसमा) लिएको परीक्षाको नतिजा माघ १९ गते सोमबार सार्वजनिक गरेको हो ।कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रडेवृद्धितर्फ ९१ हजार ९०० जना र आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २ सय ७१ जनाले सहभागीता जनाएका थिए । जसअन्तर्गत आंशिकतर्फ ८१.४३ प्रतिशतले कक्षा १२ को परिक्षा उत्तिर्ण गरेको छन् । 

बोर्डका अनुसार १ जनाको परीक्षा रद्द गरिएको छ । यसैगरी कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका नियमिततर्फ ६ हजार ३२० जना, ग्रडेवृद्धितर्फ २ हजार ९८२ जना र आंशिकतर्फ २ हजार १८८ जना गरी कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित भएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट मार्फत नतिजा हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ ।

कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको परीक्षामा बोर्डले कुल पूर्णांकमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

नतिजा छिटो प्रकाशित गर्न विद्यालयकै विषय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्ने प्रबन्ध गरिएपनि शिक्षकले संक्षिप्त परीक्षाको प्राप्तांक जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ । विद्यार्थीको प्राप्तांक बोर्डका प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो ।

  • नियमिततर्फका ३४ प्रतिशत विद्यार्थीको २.४१ देखि २.८० जीपिए

कुल ३ लाख १० हजार बढी विद्यार्थी नियमित परीक्षामा संलग्न भएको मध्ये २.४१ देखि २.८० जीपिए ल्याउने विद्याथीको संदया ३४ प्रतिशत रहेको छ ।बोर्डले उलिब्ध गराएको तथ्याङ्कमा ३.६१ देखि ४ जीपिएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या ६ हजार ९१६ जना रहेको छ । ३८ हजार ४८० विद्यार्थीले ३.२१ देखि ३.६१ जीपिएसम्म अंक प्राप्त गरेका छन् भने ७६ हजार ८४१ ज्नाले २.८० देखि ३.२० जीपिएसम्म अंक पाएका छन् ।

यस्तै २.४१ देखि २.८० सम्म जीपिएसम्म अंक पाउने विद्यार्थी सबैभन्दा बढी १ लाख ९ हजार ३१२ जना रहँदा २.०१ देखि २.४० जीपिएसम्म अंकसम्म पाउने ५२ हजार ४२७ जना छन् । १.६१ देखि २.० जीपिएसम्म ल्याउने विद्यार्थीको संख्या ७ हजार १६४ जना रहेको छ ।यसैगरी १.२१ देखि १.६० सम्म प्राप्ताङ्क ल्याउने ३३३ जना, ०.८१ देखि १.२०सम्म ४ जना, र ०.८० सम्म १८ हजार ८३९ जना रहेको बोर्डले जनाएकोे छ ।