असोज,५ काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाकी ७२ वर्षिय महिला र सुनसरीकी ४९ वर्षिय महिलाको मृत्यु भएको अस्पतालमा प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
असोज,४ काठमाडौं । वरिष्ठ स्त्री रोग तथा प्रसुति विशेषज्ञ डा. भोला रिजाल कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी आज नै अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
असोज, ४ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नौ हजार ५८४ जनाको पीसीआर गर्दा एक हजार ३२५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
असोज, ४ काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ४२ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
असोज, ४ काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।