मकवानपुर, २१ पुस/ विद्यार्थी निकट अनेरास्ववियुले विद्यार्थीहरूले मकवानपुरका साझा सवारी साधनमा यात्रा गर्दा पाउनुपर्ने ४५% भाडादर रेट कायम हुनुपर्ने माग गरिएकाे छ । बुधवार अनेरास्ववियु कमिटी संयोजक कमरेड नवराज शर्माको नेतृत्वकाे टाेलीले नेपाल सरकारले विद्यार्थीहरूका लागि ताेकिएकाे भाडा दर लागु गर्नुपर्ने
माग गर्दै हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबाेल महतलाईेे ज्ञापनपत्र सहित ध्यानआकर्षण गराएका छन् ।
भाडा दरमा छुट नभएमा अनेरास्ववियु नगर कमिटीले सशस्त्र आन्दोलन गर्ने संयाेजक कमरेड शर्माले बताउनुभयो ।
उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य कमरेड नितेश लामिछाने, जिल्ला उपाध्यक्ष कमरेड भुवन मैनाली, मकवानपुर बहुमुखी क्याम्पस कमिटी संयोजक कमरेड आशिष रोैनियार, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य कमरेड युवराज हुमागाई, अनेरास्ववियु जिल्ला कमिटी सदस्य हरि लामाको उपस्थित रहेकाे थियो ।