मकावापुरको भिमफेदी गाउँपालिका वडा नं.–४ स्थित चिउरीबगैंचामा बुधवार बिहान थ्रेसर मेसिनबाट धान झार्ने काम गर्दै स्थानीय किसानहरु । यो मेसिन आए सँगै किसानहरुलाई धान झार्न सजिलो हुनुका साथै धान झार्न आउने खेताला र समयको बचत हुने गरेको पाईएको छ । यो मेसिन आएदेखि चिउरीबगैंचा क्षेत्रका स्थानीय किसनाहरुलाई धान झार्न हुने झन्झट हटेकोछ । उक्त धानबाट करिब ठूलो बोराको ३० बोरा चामल निस्कने स्थानीय किसानहरुले बताउनुभएको छ ।

