राजेन्द्र लिङ्देन बिरामी भएपछि झापाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइदै...

image
बिहीबार, मङ्सिर २५ २०७७

मंसिर, २५ झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं. ३ का संघीय सांसद् राजेन्द्र लिङ्देनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि काठमाडौं ल्याइने भएको छ ।आज बिहान विर्तामोडको बीएन्डसी हस्पिटलको आइसीयुमा भर्ना भर्ना भएका लिङ्देनको शरिरमा अक्सिजनको मात्रा कम भएपछि थप उपचारको लागि एयरलिफ्ट गरेर काठमाडौं ल्याइने भएको हो।

बुधबार गरिएको परीक्षणमा उनमा कारोना रिपोर्ट नेगेटिभ आएको छ । तर, सबै लक्षण कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो देखिएकाले बिहीबार पुनः उनको स्वाब लिइएको छ ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले सांसद् लिङ्देनलाई निमोनिया भएको र अक्सिजनको मात्रा निकै घटेको बताए ।

पार्टीका जिल्ला सचिव केशव ओझाले सांसद् लिङ्देनलाई थप उपचारका लागि केहीबेरमा एयर एम्बुलेन्समार्फत काठमाडौं लगिने तयारी भइरहेको जानकारी दिए ।

ओझाका अनुसार नेपाली सेनाको एयर एम्बुलेन्सले चन्द्रगढी एयरपोर्टबाट काठमाडौंको मेडासिटी हस्पिटल लैजाने छ ।

साथमा उनकी पत्नी सीता थापा, स्वकीय सचिव र छोरा पनि जानेछन् ।

मेची अञ्जल अस्पताल परिसरमा सासंद लिङ्देन । फाइल तस्विर

 

‘अहिले उहाँ बोल्दै हुनुहुन्छ, निमोनियाको उपचारका लागि काठमाडौं लैजानु पर्ने चिकित्सकको सिफारिस अनुसार काठमाडौं लैजाने तयारी गरिएको हो,’ ओझाले भने ।

झापामा राजतन्त्रको पक्षमा भएको आन्दोलनमा मंसिर २० गते सहभागी भएका लिङ्देनलाई मंसिर २२ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।