असार १ गते देखि आईतबार गरिएको बिदा खारेज

image
सोमबार, जेष्ठ ३० २०७९

काठमाण्डौं - नेपाल सरकार,मन्त्रिपरिषद्को मिति २०७९/०२/२३ गतेको बैठकबाट हप्ताको दुई दिन गरिएको सार्वजनिक बिदा खारेज भएको छ । परिक्षणका लागि गरिएको बिदा चौतर्फी बिरोध भएपछि असार १ गतेबाट लागु हुने गरि खारेज गरिएको हो ।

असार १ गते देखि कार्तिक १५ गतेसम्म बिहान १० बजेदेखि अपराहन्न ५ बजेसम्म, कार्तिक १६ देखि माघ १५ सम्म बिहान १० बजे देखि अपराहन्न ४ बजेसम्म र माघ १६ देखि चैत्र मसान्त बिहान १० बजेदेखि अपराहन्न ५ बजेसम्म नै सम्म देशभरका सबै सरकारी कार्यालयहरू खुल्नेछन् भने शुक्रवारको दिन बिहान १० बजेदेखि अपराहन्न ३ बजेसम्म खुल्ला रहनेछ ।

सरकारले इन्धनको खपत कम गर्न भन्दै उक्त निति ल्याएको थियो ।