कमल सारू, गुल्मी
१२ माघ, २०७८ । सार्वजनिक सम्पत्तिको दोहन र व्यक्तिवादी सोचले वढवा पाईरहेको हालको वर्तमान अवस्थामा गुल्मीदरवार गाउपालिका २ जुभूङ्ग उर्लाकोटका स्थानिय व्यक्ति र युवाहरू भने त्यस्ता सार्वजनिक स्थल, धारा, पोखरी, पाटि पौवा संरक्षण र पुनः निर्माणमा लागि परेका छन् । स्थानिय स्तरमा क्रियाशिल सृजनशिल युवा क्लवले यश वर्षकोशुभ दिपावली २०७८ को अवसरमा "संस्कृति संरक्षण र विकासमा हातेमाले" भन्ने नाराका साथ देउसी भैली कार्यक्रम संचालन गरेर गाउको विचमा रहेको सार्वजनिक धारा पुन: निर्माण, प्रतिक्षालय स्थापना र ऐतिहासिक पोखरी संरक्षण तथा पुनः निर्माण जस्ता योजना अगाडि बढाए पछि, उक्त कार्यक्रमबाट प्रभावित भएर हाल: वेलायति सेनामा कार्यरत स्थानियश श्री ईन्द्र सारू र श्रीमती ज्ञानु सारूले सार्वजनिक धारा निर्माण गरिदिनु भयो भने क्लवले आफ्नै लागतमा प्रतिक्षालय निर्माण गर्यो । स्थानिय जनताले सक्नेले धन, नसक्नेले श्रमबाट भए पनि सयौ वर्ष पुरानो ऐतिहासिक पोखरी संरक्षण गर्नुपर्छ भन्ने विषयमा छलफल गर्दै गर्दा । स्थानिय व्यक्ति, युवा क्लवहरूका यस्ता कार्यको प्रशंसा गर्दै गुल्मीदरवार गाँउपालिका वडा नं २ को कार्यालयले आ.व. २०७८/७९ को वजेटबाट सोही स्थानका रहेको सोही ऐतिहासिक पोखरी संरक्षण र पुन निर्माणका लागि रू १ लाख ५० हजार विनियोजन गरेको क्लवका कोषाध्यक्ष विजय सारूले बताउनु भयो । लागत कति लाग्ला? के, कसरी गर्ने होला? भन्ने चिन्ताले सताईरहेको वेला स्थानिय सरकारले वजेट विनियोजन गरिदिए पछि उर्लाकोट वसीको मुहार उज्यालो भएको छ । पोखरी पुनः निर्माणका लागि विनियोजित रकमले ठूलो राहत भए पनि उक्त रकम पर्याप्त नभएकाले स्थानिय स्तरवाट पनि जनश्रमदान, आर्थिक सहयोग संकलन गरेर गाँऊको विचमा रहेको पोखरी संरक्षणमा लाग्नु पर्ने क्लवका अध्यक्ष अमर पल्लीले बताउनु भयो ।

यस्ता ऐतिहासिक पोखरीहरू सुन्दरता र अस्तित्वका लागि मात्र संरक्षण नगरी, भूक्षय, वाढीपहिरो नियन्त्रण र जौविक सम्पत्तिका संरक्षण र दिर्घकालिन विकासका लागि अति महत्वपुर्ण हुने भएकाले आगामी दिनहरूका सवै स्थानिय व्यक्ति, संघ संस्था र स्थानिय सरकारले यस्ता पक्षमा ध्यान दिनु पर्ने कुरा गुल्मीदरवार गाउपालिका वडा नं २ का वडा सदस्य खिम बहादुर रजालीले बताउनु भयो ।
