मकवानपुर, ०३ माघ/ मकवानपुरको भिमफेदी गाउँपालिका–४ चिउरीबगैंचामा नाला सहितको स्ल्याप ढलान कार्य सम्पन्न भएको छ । चिउरीबगैंचा खेल मैदान जाने बाटो उपभोक्ता समितिले कार्य सम्पन्न गरेको हो ।
५ लाख लागतमा ढलान सम्पन्न गरिएको समितिको अध्यक्ष विनोद लामाले बताउनुभयो । उहाँका अनुसार ५६ मिटर लम्बाई, ७.५ उचाई र ४ मिटर चौडाई रहेको लामाले बताउनुभयो । अबका दिनमा स्थानीय बासिन्दासँगै खेलकुद प्रतियोगिता हेर्न आउने दर्शकहरुलाई आवातजावतमा सजिलो हुने उहाँको भनाई रहेको थियो ।
भिमफेदी गाउँपालिका बजेट विनियोजन अन्तर्गत स्ल्याप ढलान कार्य सम्पन्न भएको थियो ।