कलंकीमा पठाओलाई बसले ठक्कर दिंदा २ को मृत्यु

image
मङ्गलबार, कात्तिक ३० २०७८

काठमाडौं । कलंकीबाट बल्खुतर्फ जाँदै गरेको पठाओ स्कुटरलाई ओम जनता यातायातको बसले ठक्कर दिँदा दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरीका अनुसार उक्त दुर्घटनामा पठाओ स्कुटरचालक अन्दाजी ३५ वर्षीय रामबहादुर आचार्य र त्यसमा सवार यात्री ५२ वर्षीय यादवकुमार शाहको मृत्यु भएको हो ।

मंगलबार साँझ करिब ५ बजे कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट कलंकीतर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।

उनीहरु दुवैजनालाई उपचारका लागि बयोधा अस्पताल पु¥याइएको थियो । ठक्कर दिने बस र स्कुटरलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।