भिमफेदी गाउँपालिका नेकपा एमालेको युवाहरुको वृहत मोटरसाईकल र्याली साथै पहिलो गाउँपालिका अधिवेशन सम्पन्न

image
शनिबार, कात्तिक १३ २०७८

मकवानपुर, १३ कार्तिक/ मकवानपुर जिल्लाको नेकपा एमाले भिमफेदी गाउँपालिकामा सानु थापा मगरको अध्यक्षतामा शनिबार ६१ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । नेकपा एमाले भिमफेदी गाउँपालिका वडा नं.–४ मा  रहेको चिउरीबगैंचामा भएको पहिलो गाउँपालिका अधिवेशनले नयाँ कार्य समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा शिव राज पुडासैनी, सचिवमा शिवराज रुम्बा, सह–सचिवमा मङ्गला देवी श्रेष्ठ, काशीराम बज्यू, सदस्यहरुमा वडा नं. १ देखि ९ का वडा प्रतिनिधीहरु चयन भएका छन् ।
सयौं युवाहरुको जमघटबाट हर्षोउल्लासका साथ सुरु भएको बाईक र्याली कार्यक्रममा चिउरीबगैंचादेखि भिमफेदी, पाङग्रेटार, धोर्सिङ, फस्टफेस, गोल्पिङ बेसी, रानीखोला, निवुवाटार, पान्द्राङ हुँदै पुनः चिउरीबगैंचामा आएर सकिएको थियो ।

 

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश केन्द्रिय सदस्य महेश बर्तौलाले पार्टीमा लागेका कमरेडहरुले अरुको कुरा नसुनी आफ्नो पार्टीको महत्वलाई बुझी अघि बढ्नुपर्ने बताउँदै सबैलाई आउने चुनावमा झन् कडापूर्वक उत्र्नुपर्ने बताउनुभयो ।

 


कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले वागमती प्रदेश केन्द्रिय सदस्य क.महेश बर्ताौला, विशिष्ट अतिथि नेकपा प्रदेश समिति पूर्व सल्लाहकार क. ठाकुर राम खड्का, अध्यक्षता भिमफेदी गाउँपालिकाका अध्यक्ष क. हिदम लामा, अतिथीहरु वडा नं.–४ का वडा अध्यक्ष क्षेत्रबहादुर पाण्डे, पार्टी जिल्ला कमिटी सदस्य पञ्चमाया स्याङतान, भिमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना, प्रदेश सम्पर्क कमिटी सदस्य राजेन्द्र कठायत, युवा संघ गाउँपालिका अध्यक्ष बादल सिलवाल, युवा संघ नेपाल पूर्व २ नं. अध्यक्ष सागर पाण्डे लगायतको उपस्थिति रहेको थियो ।    

- इरोज लामा