मकवानपुर, २५ असाेज/ मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ भैंसेमा साेमबार चाडपर्व लक्षित टाटासुमाे, बस, अटाेलगायत चेकिङ गरिएकाे छ । चाडपर्वकाे समयमा यात्रुहरू यात्रा गर्दा बढी भाडाबाट नठगियाेस भन्ने उद्देश्यले चेकिङ गरिएको हाे ।

प्रायः जसाे चाडपर्वकाे समयमा यात्रा गर्दा धेरै यात्रुहरू बढी भाडा तिर्न बाध्य हुन्छन् । "यात्रा गर्दा यात्रुहरूले बढी भाडा तिर्न बाध्य हुनबाट र यदि लिएकाे खण्डमा नजिकैको प्रहरी चाैकी, ट्राफिक कार्यालय वा १०० मा कल गरेर आफ्ना जनगुनासाे टिपाउन सकिने", प्रहरी चाैकी भैंसेका ईन्चार्जले बताउनुभयाे । चेकिङमा प्रहरी चाैकी भैंसेका प्रहरी टाेली, अस्थायी ट्राफिका प्रहरी पाेष्टका जवान श्याम पट्टेल, स्थानीय पत्रकारकाे उपस्थिती रहेकाे थियाे ।