न्यू भिक्टोरी युवा क्लव गुल्मीको आयोजनामा प्रथम जुभूङ्ग महोत्सव सुरू हुंदै

image
बिहीबार, आश्वीन २८ २०७८

न्यू भिक्टोरी युवा क्लव गुल्मीदरबार-२, गुल्मीको आयोजनामा प्रथम जुभूङ्ग महोत्सव साथै खुल्ला नृत्य प्रतियोगिता - २०७८ सञ्चालन हुने भएको छ ।

´सामाजिक रूपान्तरण र समृद्विका लागि युवा’ भन्ने मूल नाराका साथ नेपालीहरूको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा भातृत्व प्रेम, अनुशासन, आत्मियता र सुमधुर सम्बन्ध कायम राख्न स्वस्थ प्रतिस्पर्धाको विकास गरि राष्ट्रको एक जिम्मेवार नागरिक तयार पार्ने अभिप्रायले जुभूङ्गमा पहिलो पटक खेलकुद महोत्सवको आयोजना गर्न लागिएको खेलकुद महोत्सवका संयोजक तथा क्लवका पुर्व सचिव मिसन सारूले जानकारी दिनुभयो । 

खेलमा वडा स्तरिय पुरूष तथा महिला भलिबल प्रतियोगिता, खुल्ला ब्याडमिन्टन प्रतियोगिता, खुल्ला एकल तथा सामुहिक नृत्य प्रतियोगिता, घैटो फोर, स्लो बाईक रेसिङ, भाले छोप्ने, रसि तान्ने, म्युजिकल चियर, लङ्ग जम्प, बेलुनफोर का साथै अन्य थुप्रै खेलहरू रहेका छन् ।

कोभिड - १९ जोखिम र खेल अवधिभर खेलाडीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै जुभूङ्ग उपस्वास्थ्य चौकीले विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने छ । साथै सुरक्षाका लागि प्रहरी चौकी मजुवाले सुरक्षाकर्मी र आयोजकले स्वयम सेवकहरूको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।

महोत्सवको सम्पूर्ण तयारी भईरहेको साथै खेल महोत्सव यहि असोज ३१ गते बाट सञ्चालन हुनेछ ।