नागार्जुन नगरपालिकाद्वारा दाेश्राे काेभिड खाेप भाेलीबाट सबै वडाहरूमा लगाईने

image
बिहीबार, श्रावण २१ २०७८

काठमाडौं, २१ साउन/ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र जिल्ला खाेप तथा अनुगमन  समितिकाे निर्णयानुसार भाेली शुक्रबारबाट आईतबारसम्म काेभिड-१९ विरूद्धकाे दाेश्राे मात्राकाे भेराेसिल खाेप लगाउने भएकाे छ । पहिलाे मात्राकाे खाेप लगाएकाे २१ दिन पुगीसकेकाे (५५ वर्ष वा साे भन्दा माथिका वृद्धवृद्धाहरू, शिक्षक, कर्मचारी, चालक, सहचालक तथा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरू)लाई खाेप लगाईने भएकाे हाे । 

"दाेश्राे खाेप लगाउन जाँदा पहिलाे खाेप लगाउँदा दिईएकाे खाेप कार्ड अनिवार्य रूपमा लिएर जानुपर्ने र याे पाली खाेप लगाउन आ-आफ्नै वडाहरूमा जान सबैलाई अनुराेध गर्दछु", नागार्जुन नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कमला पन्थले बताईन् । उनका अनुसार खाेप लगाउन जाँदा कतिपय व्यक्तिले कार्ड नलिकन आई जबरजस्ती गर्ने हुनाले हरेकले दाेश्राे खाेप लगाउन जाँदा अनिवार्य रूपमा खाेप कार्ड लिएर जानुपर्ने यदि नभएकाे खण्ड वा हराएकाे खण्डमा पहिलेकाे रेकर्ड फाईल हेरेर लगाउन मिल्ने पन्थले बताईन् । 

खाेप बिहान १० बजेदेखि साँझ ४ बजेसम्म नागर्जुन नगरपालिका अन्तर्गत रहेकाे सबै वडाहरू (वडा १ देखि १०) मा हुनेछ ।