हेटौडा, २६ साउन/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरले मंगलबार बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिका भर रहेका १८ वर्षभन्दा माथिका विद्यार्थीहरूलाई खोप लगाउन माग गरेको छ ।
अखिल केन्द्रीय सदस्य नवीन मिश्रको नेतृत्वमा गएको टोलीले सरकारले सबै खालको सेवामा रहेका व्यक्तिहरु, पहिलो प्राथमिकतामा रहेका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूलाई खोप लगाइसकेको अवस्थामा विद्यार्थीहरूले पनि खोप लगाउनुपर्ने देखिएकोले गाउँपालिकालाई अनुरोध गरिएको हो ।
"खोप लगाउने विषयमा गाउँपालिका सकारात्मक भएको र साउन २८ पछि रहेको खोप कार्यक्रमहरूमा विद्यार्थीहरूलाई विद्यार्थी परिचय पत्र र नागरिकताको आधारमा खोप लगाउन सकिने", गाउँपालिकाका उपाध्यक्ष बोलखेले बताईन् । उनले खोप लगाउन आउने विद्यार्थीहरूलाई अनेरास्ववियु बकैयाका संयोजक मनोज सुनार र सह-संयोजक विश्वास मगरलाई सहजीकरण गर्दिनु हुन अनुरोध गरिन् ।
गाउँपालिकाको सकारात्मक सोंचलाई धन्यवाद दिंदै केन्द्रीय सदस्य मिश्रले विद्यार्थीहरूलाई खोप नलगाई विद्यालय, क्याम्पस संचालन गर्दा समस्या आउन सकिने बताए ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य नविन मिश्र, जिल्ला कमिटी सदस्यहरु नवराज शर्मा ,राजिव परियार, भुपेन्द्र राना ,बकैया गाउँपलिका संयोजक मनोज सुनार तथा सह-संयोजक विश्वास मगरको उपस्थिती रहेको थियो ।
- इरोज लामा