काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । यो सहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ३३ जनाको पीसीआर र तीन हजार तीन सय ४५ जनाको एन्टिजेन गरी १२ हजार तीन सय ७८ जनाको नमुना परीक्षण गर्दा २ हजार पाँच सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणकोदर ह्वात्तै भएको हो ।अहिलेसम्म नेपालमा सात लाख ८३ हजार तीन सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै थप दुई हजार २९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६९ हजार दुई सय ९९ जना पुगेको छ ।