काठमाण्डौ - नेशनल प्याब्सन, काठमाण्डौंको आयोजना र नेशनल प्याब्सन, नागार्जुनको समन्वयमा हिजो देखि सुरू भएको २ दिने कविता लेखन तथा वाचन कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । कविता लेखनमा सहजिकरण प्रशिक्षक प्राज्ञ परिषद, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. देवी नेपालले गर्नुभएको थियो ।
कार्यशाला गोष्ठीमा १०२ जना विद्यार्थीहरूले कविता वाचन गरेका थिए । एउटै ठाउँमा यति धेरै कविहरूले कविता वाचन गरेको यो समय ऐतिहासिक रहेको प्रशिक्षक नेपालले बताउनुभयो । प्रशिक्षक नेपालले ‘ट्युवेलमा पानी सकिएको बेलामा स्याँ.... गर्दै कराउने फेरि त्यसमा १ जग पानी हाल्दा पानी निरन्तर आइरहने हुन्छ, यस्तै पानी हाल्ने काम नेशनल प्याब्सनको गरेको बताउनुभयो । विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउन यस्तै खालको कार्यक्रमहरूको आयोजना हुँदा उनीहरूमा प्रतिभाको मुहान नसुक्ने कुरा गर्नुभयो । अन्त्यमा कविता कसरी मिठास तथा सौन्दर्य कसरी बनाउने ? शब्द, छन्द चयन कसरी गर्ने, अर्थ र भावपूर्ण कसरी बनाउने भन्ने विषयमा जानकारी दिनुभयो । त्यस्तै विद्यार्थीहरूलाई मौलिक कविता लेख्न उत्प्रेरित गर्नुभयो साथै जुनै कुरा सिक्नको लागि पनि समय, श्रम र पैसाको लगानी गर्नुपर्ने लगानी बिना उपलब्धि हाँसिल नहुने र अभ्यासको निरन्तरता हुनुपर्ने बताउनुभयो यसका साथै उत्कृष्ट मौलिक कविताहरू बाल साहित्य विभागबाट बाल प्रज्ञा पत्रिकामा छाप्ने प्रतिवद्दता जायर गर्नुभयो ।
कविता लेखन तथा वाचन कार्यशाला गोष्ठीमा उत्कृष्ट १० भित्र पर्न सफल विद्यार्थीहरूको विवरण निम्नानुसार रहेको छ –
१) समिक्षा ओझा, पिपल्स एकेडेमी
२) सुदेश राई, साम्तेन
३) अस्मिला घले, प्याराडाइस
४) सुहाना भट्टराई, दिव्य ज्ञान
५) क्रिस्मदा भट्ट, ज्ञान भुमि
६) सलिना मगर, पिपल्स एकेडेमी
७) द्रिष्टी थापा, एभिएम
८) स्नेहा श्रेष्ठ, बाबा स्कूल
९) सुजना रिजाल, पिस ल्यान्ड एकेडेमी
१०) निश्मा घमाल, दिव्य ज्ञान
हिजो र आज गरि २ दिने यस कार्यशाला गोष्ठीमा कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन नागार्जुनका सचिव चन्द्र क्षेत्रीले गर्नुभएको थियो भने नेशनल प्याब्सन नागार्जुनका अध्यक्ष शिवराम गिरीले सभापतिको आसन ग्रहण गर्नुभएको थियो ।