तनहुँ, बन्दीपुरका दुई घरमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।
पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती थापा र हरिमाया नेपालीको ज्यान गएको हो । सडक भत्किएका कारण घटनास्थलमा पुग्न कठिन भइरहेको अवस्था छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाका अनुसार स्थानीयको सहयोगमा उद्दार भइरहेको र घाइतेहरूलाई उपचारका लागि अस्पताल ल्याउने प्रयास भइरहेकोछ ।