नायिका जेनी कुँवरले बिहिबार राति ८ बजे तिर आत्महत्या गरेकी छन् । प्रहरी वृत्त बाँनेश्वरका अनुसार नायिका कुँवरले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।डिप्रेशनका कारण नायिका कुँवरले आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
उनी बिगत १ बर्षदेखि डिप्रेसनको सिकार बनेकी थिइन् र अौषधि सेवन गरिरहेकी थिइन् । अपार्टमेन्ट पुगेर प्रहरीले अनुसन्धान गर्दा ‘सुसाइड’ नोट भेटिएको छ ।
डिप्रेशनमा रहेकी कुँवर पछिल्लो समय पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बस्दै आएकी थिइन् ।प्रहरीसँग झडप भएपछि यु ट्युबमा निकै भाइरल पनि भएकी थिइन् । नायिका कुँवरले ‘हलचल’, ‘घायल’, ‘जीवनदाता’, ‘त्यागी मान्छे’, ‘हाम्रो मिलन कहिले हुन्छ’, ‘धुम’, ‘मैदान’, ‘मिस्टर डन’लगायतका कयौं फिल्ममा काम गरेकी छन् ।