पहिरोका कारण फेरि बन्द भयो नारायणगढ–मुग्लिङ सडक खण्ड

image
बिहीबार, आषाढ २४ २०७८

वर्षायामसुरू भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्ड पहिरोका कारण वर्षेनी अवरूद्ध हुने समस्या कुनै नौलो होइन। पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दिनहुँ १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् ।

यस वर्ष पनि मनसुनको सुरूवात भएदेखि पटक- पटक पहिरोका कारण यात्रुहरू बिचल्लीमा परेका छन् ।

हिजो बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि हिजो रातिदेखि नै फेरि सडक बन्द  भएको छ । यसरी सडक बन्द हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने हजारौँ गाडीहरू बीच बाटोमै रोकिएका छन् ।

पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।