तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

image
मङ्गलबार, आषाढ २२ २०७८

तनहुँको आँबुखैरेनी गाउँपालिकामा मंगलवार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा ३१ वर्षका चालक दुर्गा भुजेलको घटनास्थलमै मृत्यु भएको छ । मृतक भुजेल आँबुखैरेनी–२, मार्कीचोकका रहेका छन् । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना ६ ख ६११८ नम्बरको ट्रकसँग ठोकिएर लु ८ प ८३५३ नम्बरको मोटर साइकल अनियन्त्रित हुँदा पछाडिबाट आउँदै गरेको अर्को ना ६ ख ४४४७ नम्बरको ट्रकसँग ठक्कर खाँदा चालकको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार मोटरसाइकल पछाडि रहेका सोही ठाउँका १७ वर्षीय साजन भुजेलघाइते भएका छन् । घाइते भुजेलको आँबुखैरेनी अस्पतालमा  उपचार भइरहेको छ ।