जेठ, २८ काठमाडौं । नेपालमा वितेको २४ घन्टामा ३ हजार ७५० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार देशभरका प्रयोगशालामा ९ हजार ४९८ जनाको पिसिआर र ५ हजार ५८४ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमस २ हजार ७०९ र १ हजार ४१ जनालाई सङ्क्रमण देखिएको छ ।
आज थप ५ हजार २२५ जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा कोरानामुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ । थप ६७ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३०५ पुगेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । आज ज्यान गुमाएको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवको संख्या समेत जोडिएको छ ।