स्पाेर्टस एकेडेमी भिमफेदीद्वारा मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रम समपन्न

image
शुक्रबार​, बैशाख १७ २०७८

भैंसे, १७ मकवानपुर/ मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. २ मा रहेकाे भैंसे बजार तथा घरदैलाे गई शुक्रबार मास्क वितरण  गरिएको छ । मदन भण्डारी स्पाेर्टस एकेडेमी भिमफेदीकाे सहयाेगमा ३०० पिस मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रम भएकाे हाे।

विश्वसँगसँगै हाल देशमा फैलिरहेकाे काेराेनाबारे सबैलाई थाहा हुनुपर्ने र स्वास्थ नै ठूलाे धन भन्ने भावनालाई उजागर गर्दै लैजान घरदैलाे अभियान र बाटाेमा हिंड्ने गरेका व्यक्तिहरूलाई जनचेतना मुलक कार्यक्रम आयाेजना गरिएको मदन भण्डारी स्पाेर्टस एकेडेमीका जिल्ला सचिव नवीन मिश्रले बताए । मदन भण्डारी स्पाेर्टस एकेडेमी भिमफेदी गाउँपालिकाका अध्यक्ष रचिन डंगाेलका नेतृत्वमा भएकाे कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नं. २ का अध्यक्ष काशीराम बज्यू, प्रहरी चाैकी भैंसेका टाेली, स्पाेर्टस क्लब भिमफेदी गाउँपालिकाका काेषाध्यक्ष भुपेन्द्र राना, अखिल नेपाल राष्ट्रिय  स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य आशिष् अस्लामी मगर, विद्यार्थी युनियनका भिमफेदी गाउँपालिका संयाेजक राजीव परियार, स्थानीय बासिन्दाहरू लगायतको उपस्थिति रहेकाे थियाे । 

(Reporter Eros Lama)