विद्यार्थी र प्रहरीबिच नयाँ बानेश्वरमा घम्साघम्सी ...

image
सोमबार, माघ १९ २०७७

माघ,१९ काठमाडौं ।  प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले सोमबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।फ्ल्यास मब नाम दिइएको प्रदर्शनका क्रममा आकस्मिक रुपमा जम्मा भएका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

मानिसहरुको समूह सार्वजनिक स्थानमा आकस्मिक रुपमा जम्मा हुनु र छोटो समयमा आफ्नो कला वा कलात्मक प्रदर्शन गर्नुलाई फ्ल्यास मब भन्ने गरिन्छ । टेलिकम्युनिकेसन, सामाजिक सञ्जाल वा इमेलमार्फत मानिसहरु एकैठाउँमा भेला हुन्छन् ।संसद भवन अगाडि सडकमा भएको प्रदर्शनका क्रममा भने प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केहीबेर सुरक्षाकर्मी र विद्यार्थीहरुबीच धकेलाधकेल भएको थियो भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पनि तत्काल छाडिएको प्रहरीले जनाएको छ ।