कति छ आजको सुनचाँदीको मूल्य ?

image
आइतबार​, माघ १८ २०७७

माघ,१८ काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन अर्थात आज आइतबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा उकालो लागेको छ ।शुक्रबार तोलामा ९२ हजार कायम भएको सुनको मूल्य आज तोलामा १ सय रुपैंयाले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुन तोलाको ९२ हजार १ सय र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय निर्धारण भएको छ ।सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य पनि बढेको छ ।महासङ्घका अनुसार चाँदीको मूल्य आज १३ सय २० निर्धारण भएको छ । शुक्रबार यो मूल्य १२ सय ८५ कायम भएको थियो ।