काठमाडौंको अनामनगरमा आजदेखि ६५ रुपैयामै खाना खान पाइने....

image
शनिबार, माघ १७ २०७७

माघ, १७ काठमाडौं  । काठमाडौंको अनामनगरमा आजदेखि ६५ रुपैयामै खाना खान पाइने भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको हाम्रो टिम नेपाल नाम सामाजिक संस्थाले सस्तोमा खाना खुवाउन लागेको हो ।हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तका अनुसार न्यून आय भएका व्यक्तिलाई लक्षित गरेर सस्तोमा खाना उपलव्ध गराउन लागिएको हो ।

सरकारले गत बर्षको चैतमा एक्कासी लकडाउन गरेपछि विचल्लीमा परेका गरिव तथा मजदुरहरुलाई खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै आएको संस्थाले नै अहिले “हाम्रो खाना घर” खोलेको हो । काठमाडौंको अनामनगरमा बिग मार्ट नजिकै नयाँ बनेको घरको दोस्रो तलामा हाम्रो टिम नेपालले खाना खुवाउनेछ ।

दैनिक १ हजारलाई खाना खुवाउने उद्देश भएको संस्थाका अध्यक्ष पन्तले जानकारी दिए ।हाम्रो टिम नेपालले कपडा बैंक स्थापना गरेर गरिवलाई निःशल्क कपडा वितरण गर्ने अभियान पनि सञ्चालन गर्दै आएको छ ।