देशको संघीय राजधानी काठमाडौमा आज धोती जुलुस निकालिए....

image
शनिबार, पौष २५ २०७७

पुस,२५ काठमाडौं ।  देशको संघीय राजधानी काठमाडौमा आज धोती जुलुस निकालिएको छ । नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो ।

जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए। उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्ने जस्ता नारा लगाएका थिए ।

शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्। प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ। उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए । प्रज्ञा भवनमा हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायतले सम्बोधन गर्नेछन् ।