चिसो मौसममा हुने जोर्नी र घुँडा दुखाइबाट राहत पाउने केही उपाय...

image
मङ्गलबार, पौष ७ २०७७

पुस, ७ काठमाडौं ।  राजधानीसँगै देशभरको वातावरण चिसो हुँदै छ । चिसो बढेसँगै सर्वसाधारण शरीरको सुरक्षाका लागि न्यानो कपडा किन्न थालेका छन्, तातो खानेकुरामा जोड दिन थालेका छन् । चिसोले छोयो भने विभिन्न समस्या देखा पर्छ । ज्वरो, रुघाखोकी, दम, झाडापखाला, जन्डिस, टाउको दुख्नेजस्ता समस्या देखा पर्छन् । सो कारण चिसो मौसम सुरु भएसँगै आफ्नो सुरक्षामा पनि ख्याल गर्नुहोस् ।

पुषको महिना लागेसंगै चिसो बढ्दैछ । यो मौसममा अधिकाशं मानिसमा जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्ने गर्दछ । कतिपयलाई त घुँडा दुखाईले हिँडडुल गर्न समेत समस्या हुन्छ । जोर्नी तथा घुँडा दुखाईबाट राहत पाउन निम्न उपाय अपनाउन सकिन्छ ।

शरीरलाई आवश्यक पर्ने भिटामिन डीयुक्त खानेकुरा दूध, हरियो सागसब्जी, अन्डा, माछामासुलगायत खानेकुरा अधिक मात्रामा खाने गर्नुहोस् । याद गर्नुहोस्, भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाउँछ र शरीर स्वस्थ रहन सक्छ ।

१. तोरीको तेलमा लसुन मिसाएर हल्का तताइ नियमितरुपमा दुखेको भागमा मालिस गरे जोर्नी र घुँडाको दुखाई कम हुन्छ ।

२. कागतीको सेवन वा यसलई घुँडामा दल्दा घुँडाको दुखाईमा राहत मिल्दछ ।

३. अदुवालाई चियाँसग सेवन गरे वा यसको रस पिउँदा वा अदुवाको रस महसँग सेवन गरेमा घुँडाको दुखाईमा रामवाणको काम गर्छ ।

४. सिधे नुनलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा घुँडाको दुखाईमा आराम मिल्दछ ।

५. बेसारमा रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्ने भएकाले घुँडाको दुखाई कम गर्न सहयोग गर्छ ।

६. मेवाको बिउलाई पिसेर तेलमा मिसाई लगाएमा घुँडामा दुखाईबाट राहत मिल्दछ ।

७. नियमित रुपमा गाजर सेवन गरेमा घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।

८. मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले दुखेको भागमा लगाउँदा जोर्नी र घुँडाको दुखाई शान्त हुन्छ ।

९. प्याज खादाँ वा पिसेर घुँडामा लगाउनाले घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ ।

१०. खुट्टा मर्किएका बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्दछ ।

११. रातो खुर्सानीमा रहने केपसाइसिनले पेनकिलरको जस्तै काम गर्ने भएकाले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ ।

१२. बदाम, दुध जस्ता चिजहरु दैनिकरुपमा सेवन गर्दा घुँडाको दुखाई समाप्त हुन्छ ।

१३. क्याल्सियमयुक्त खानाले हड्डीको समस्याबाट राहत दिलाउने भएकाले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।

१४. घुँडाको दुखाई हुनेहरुले नियमित रुपमा एक्सरसाइज गर्न आवश्यक छ ।

१५. नियमित योगा गरेमा समेत घुँडाको समस्याबाट छुटकारा दिलाउँछ ।