घट्न थाल्यो कोरोना : ८९९ नयाँ संक्रमित भेटिँदा निको हुनेको संख्या १ हजार ३५९

image
शनिबार, मङ्सिर २७ २०७७

मंसिर, २७ काठमाडौं ।  नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या न्यून देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने कोरोना तथ्यांकअनुसार दैनिक भेटिने संक्रमितको संख्या न्यून देखिन थालेको हो ।पछिल्ला दिनहरुमा दैनिक गरिने परिक्षण पनि ६ देखि ७ हजारको हाराहारीमा रहेकाले कोरोना संक्रमितको संख्या न्यून देखिएको केहीको बुझाई छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार वितेको २४ घन्टामा ५ हजार २४२ जनाको नमूना परिक्षण गर्दा ५४७ पुरुष र ३५२ महिलासहित कूल ८९९ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । सोही अवधिमा भने १ हजार ३५९ जना निको भएका छन् ।

योसहित नेपालमा कूल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । जसमध्ये २ लाख ३४ हजार २३१ जना निको भएका छन् भने ११ हजार ६७३ जना उपचार वा आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालमा १ हजार ६८९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा १५ जनाको ज्यान गुमेको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।