पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि...

image
सोमबार, कात्तिक १७ २०७७

कात्तिक, १७ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्छि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । उनीहरुमध्ये ९८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै छ १ लाख ३७ हजार ९९२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएका हुन् ।देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित छन् ।