२९ हजार ८३६ जना कोरोना संक्रमित होम आइसोलेसनमा...

image
सोमबार, कात्तिक २४ २०७७

कात्तिक,२४  काठमाडौं ।  देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। सोमबार  ३६ हजार १ सय ७४ जना संक्रिय संक्रमित मध्य २९ हजार ८  सय ३६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १९ हजार १ सय ३१ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  ४ हजार ६ सय ५५, प्रदेश २ मा १००६, लुम्बिनी प्रदेशमा  २ हजार २ सय २, सुदूरपश्चिम प्रदेशमा ७७५, गण्डकी प्रदेशमा १७४८ र कर्णाली प्रदेशमा ३०९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।