कात्तिक, २६ काठमाडौं । नेपालमा वितेको २४ घन्टामा २६ जना व्यक्तिले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएका छन् ।यसरी ज्यान गुमाउनको संख्या १ हजार १७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर २ हजार ५६९ संक्रमित फेला परेका छन् भने १ हजार ६६६ जना संक्रमण मुक्त भएका छन् ।अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । जसमध्ये ठूलो मात्रामा संक्रमितहरु होम आइसोलेशनमा रहेका छन् ।