कात्तिक, १३ काठमाडौं । बिहीबारदेखि पहिलो कारोबार सुरु भएको शिवश्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर कारोबार सुरुवातको ३ मिनेट अर्थात १२ वटा कारोबारमा नै सकारात्मबक सर्किट ब्रेक लागेर कारोबार भएको छ ।
कम्पनीको सेयर कात्तिक १३ गते, बिहीबार स्पेसल प्रि ओपन सेसनमा १२० रुपैयाँका दरमा १०० कित्ता कारोबारमा आएको हो । त्यसपछिको १२ वटा कारोबारमा सर्किट लागेको कम्पनीको सेयर १ घण्टा अवधिमा ३२ वटा कारोबारमार्फत १ हजार ६१९ कित्ता सेयर २ लाख ११ हजार ५८ रुपैयाँमा खरिद बिक्री भएको हो ।कम्पनीको सेयर सर्किट मूल्य अर्थात १३२ रुपैयाँका दरमा ३ लाख १ हजार ३३ कित्ताको सेयर खरिद अर्डर प्लेसमेन्ट भएको छ ।