दशैंमा विद्यार्थी र शिक्षकलाई १५ दिन बिदा

image
शुक्रबार​, आश्वीन ३० २०७७

असोज, ३० काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाले कोरोनाभाइरसबारे समुदायमा जनचेतना जगाउन विद्यार्थी र शिक्षकलाई १५ दिन बिदा दिने निर्णय गरेको छ ।यसअघि यही असोज ४ गतेबाट स्वास्थ्य सुरक्षाका मापदन्ड पालना गरी नगरभित्रका विद्यालय सञ्चालन भएका थिए ।कात्तिक १ देखि १५ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई बिदा दिइएको हो।

दसैंको बेलामा समुदायमा धेरै व्यक्तिहरुको आउ-जाउ हुने भएकोले केही हदसम्म भएपनि सुरक्षाबारे जनचेतना फैलाउन सकिन्छ कि भन्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरेको बताइएको छ ।

१५ दिनको अवधिमा शिक्षक र विद्यार्थीले आफ्नो घरको सरसफाइ, व्यक्तिगत सरसफाइ, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम, धेरै भेटघाट नगर्ने वातावरण बनाउन सहजीकरण गर्नेछन् ।

विद्यार्थीहरुले कोरोनाबाट बच्नका लागि निर्वाह गर्नुपर्ने भूमिकाकोबारेमा सचेत गराउने र शिक्षकहरुले विद्यार्थीहरुको निगरानी राख्नेलगायतका काम गर्ने नगरपालिकाले जनाएको छ ।