असोज ,५ काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा जनरल इन्स्योरेन्सलाई प्रारम्भिक सार्वजनिक निकाष्काशन (आइपीओ) का लागि स्वीकृति दिएको छ । इन्स्योरेन्सले सोमबार आइपीओ निष्काशनका लागि स्वीकृति पाएको हो ।
इन्स्यारेन्सले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो । आइपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको आइपीओ निष्काशनका लागि विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
