बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु

image
शुक्रबार​, भाद्र ५ २०७७

भदौ,५ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।