कोरोना संक्रमित बढेपछि काठमाडौंको कुन कुन स्थानमा १५ दिनलाई पसल बन्द

image
बिहीबार, श्रावण २९ २०७७

 साउन, २९ काठमाडौं । कोरोना भाइरस (Covid-19) का संक्रमितहरु बढ्दै गएपछि कलंकी चोकका पसलहरु बन्द गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका हुन् ।

महानगरी प्रहरी वृत्त, कालिमाटीका डिएसपी रूगम कुँवरका अनुसार विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको छ । बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो ।

उनका अनुसार वडा नम्बर १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएका छन्।प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ । त्यस्तै, प्रहरीले अनावश्यक रूपमा हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ।