काठमाडौं जिल्लामा ८१ सहित ,काठमाडौं उपत्यकामा ११७ जनामा कोरोना संक्रमण

image
शुक्रबार​, श्रावण ३० २०७७

साउन, ३० काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८१, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।