सिंहदरबार छिर्यो कोरोना

image
शुक्रबार​, भाद्र ५ २०७७

भदौ, ५ काठमाडौं । मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भित्रै पहिलो पटक कोरोनो संक्रमित फेला परेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ३२ वर्षीया शाखा अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।टेकु प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको मन्त्रालयले स्रोतले जनाएको छ।

सिंहदरबारभित्र कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण गरिएकोमा एक  जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।सयौं कर्मचारीहरुको स्वाम परिक्षण गरिएकोमा एक जनाको पोजेटिभ देखिएको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ।