ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

image
शुक्रबार​, भाद्र ५ २०७७

भदौ,५   काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो।उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।आजै बिहान बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका एक संक्रमितको मृत्यु भएको छ।

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि ललितपुर, बुटवल, बारा, पर्सा र चितवनको मृत्यु समावेश छैन ।