नेपालगन्ज तीन दिनसम्म पूर्णरुपमा शील

image
आइतबार​, श्रावण २५ २०७७

 साउन, २५ नेपालगन्ज ।  कोरोना संक्रमण दर फेरि बढेपछि नेपालगन्ज उपमहानगरपालिका तीन दिनसम्म पूर्णरुपमा शील गरिएको छ ।

 जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले शनिबार राति १२ बजेदेखि मंगलबार र राति १२ बजेसम्मका लािग नेपालगन्जलाई चारै दिशाबाट शिल गरेर हिँडडुलमा पूर्णतया रोक लगाएको हो ।

शील गरिएको अवधिमा सुरक्षा निकाय र स्वास्थ्यबाहेकका सवारी साधन चल्न नपाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।यसअघि नै बाँकेमा निषेधाज्ञा जारी गरिएको छ ।