भदौ , ५ काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८२ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र १ सय ४५ संक्रमित थपिएका छन् भने ललितपुरमा २५ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १५ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या २ हजार ८ सय ८० पुगेको छ ।