विश्वकै लामो झोलुङ्गे पुल सञ्चालनमा, पुल पार गर्नेको भीड

image
शनिबार, श्रावण १७ २०७७

 साउन , १७ बागलुङ । बागलुङको रामरेखा बागलुङ्गेचौर र पर्वत जिल्लाको कुस्मास्थित अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरिएको छ ।

शुक्रबारदेखि खुला गरिएपछि पुल पार गर्नेको भीड लागेको छ ।पुललाई खुला प्रकृति विधामा विश्वकै लामो भनेर दाबीसमेत गरिएको छ ।रु ६ करोड ९१ लाखको लागमा बनेको पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ ।सर्वसाधारणले कोरोना भाइरसको प्रकोपको वास्ता नै नगरी पुल तर्न गएका थिए ।