साउन, २८ काठमाडौं । काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । बुधबारमात्र नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।